आइतबार सुनको मूल्य १३ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन  (आज) आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

यस्तै, कारोबारको अघिल्लो दिन १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय  रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख ७ सय ४० रुपैयाँ, तेजाबी सुनको मूल्य १ लाख २ सय ७० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २२   रुपैयाँ  कायम गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्