सामूहिक भोज खाँदा लमजुङमा एक जनाको मृत्यु, २९ बिरामी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लमजुङमा सामूहिक भोज खाएका एक जनाको मृत्यु भएको छ । बेँसीसहर नगरपालिका- ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका-९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको (आज) आइतबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँका अनुसार सामूहिक भोज खाएका मध्ये २९ जना बिरामी भएका छन् । उनका अनुसार सुन्दरबजार नगरपालिका-८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरेको सामूहिक भोजमा परियारले पनि खाना खाएका थिए । त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आइतबार बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्याएका थिए । अस्पतालमा ल्याउनेबित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेको हो।

अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु, १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन् । भोज खाएका सोही गाँउपालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए ।

भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । अस्पतालका बिरामी आउने क्रम जारी रहेको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्