एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (एमाले) को ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ (आज) मंगलबार कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो ।

कोशी प्रदेशको पश्चिमी सीमा उदयपुरको कटारी नगरपालिका वडा नं १४ को घुर्मी बजारमा बागमती प्रदेश एमालेले यात्राको जिम्मा कोशी प्रदेश एमालेलाई लगाएको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताएका छन् । त्यस अवसरमा टोलीलाई एमालेको प्रदेश कमिटी, उदयपुर जिल्ला कमिटी, कटारी नगर कमिटीले घुर्मीमा स्वागत गरेको एमाले नगर कमिटी अध्यक्ष सञ्जीव कार्कीले बताएका छन् ।

कार्कीले भने,’पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका अतिथिहरुलाई तीन किलोमिटर पैदलयात्रा पश्चात घुर्मीमा खाना खुवाइएको छ । आजै ओखलढुङ्गा मानेभञ्ज्याङ्ग गाउँपालिकाको हर्कपुरमा आयोजना हुने सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।’

सो यात्रा हर्कपुरपछि भोजपुर, वसन्तपुर हुँदै पूर्वी जिल्लामा केन्द्रित हुने एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिएका छन् । यात्रामा अध्यक्ष ओलीलगायत केन्द्रीय उपाध्यक्ष, केन्द्रीय कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी सहभागी रहेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्