नेप्सेद्धारा सूचीकृत कम्पनीलाई ३ दिनभित्र वित्तीय विवरण पेश गर्न निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई तीन कार्य दिनभित्र वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ । नेप्सेले मंगलबार एक सूचना जारी गर्दै केही कम्पनीहरूले वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेस नगरेकोले तीन दिनभित्र पेस गर्न निर्देशन दिएको हो ।

कम्पनीले तोकेको अवधिभित्र उपलब्ध गराएको नट्स लगइनमार्फत वित्तीय विवरणहरू अपलोड गर्न आग्रह गरेको छ । तोकिएको अवधिभित्र वित्तीय विवरणहरू अपलोड नगर्ने कम्पनीहरूलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारबाही गरिने नेप्सेले चेतावनी दिएको छ ।

उक्त विनियमावली बमोजिम संगठित संस्थाहरूले वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरू निर्दिष्ट गरेको समयभित्र नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्