जनकपुरमा ३ दिनसम्म मदिरा र माछा-मासु बिक्री वितरणमा रोक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा-मासु बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले (आज) मंगलबार एक सूचना जारी गर्दै तीन दिनसम्म मदिरा तथा माछा-मासु बिक्री वितरणमा रोक लगाएको हो ।

मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा-मासुको बिक्री वितरणमा रोक लगाएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिएका छन् ।

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले बताएका छन् । निर्देशकको पालना नगरे प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जानकारी दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्