पर्सामा आर्थिक मन्दीले १ सय ७७ उद्योग बन्द !

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ ।  आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९-८० मा १ सय ७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९-८० मा १ सय ७७ उद्योगले लगत कट्टा गराएका छन् । आर्थिक वर्ष २०७८-७९ मा पर्सामा १ सय ५२  उद्योगले  लगत कट्टा गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा  आर्थिक वर्ष २०७९-८० मा १ हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आर्थिक वर्ष २०७८-८९ मा १  हजार ४ सय ८० उद्योग दर्ता भएका थिए ।
यस्तै, आर्थिक वर्ष २०७९-८० मा १ हजार २ सय ७५ उद्योगको नवीकरण, १ सय ६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिक वर्ष २०७९-८० मा १ करोड ६ लाख ३९ हजार २ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
उक्त आर्थिक वर्षमा ४ हजार ४ सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्