लगातार घट्दै छ सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौथो दिन (आज) बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँ कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १४०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार ९ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्