राष्ट्रपतिद्वारा महासचिव गौतमको राजीनामा स्वीकृत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपतिले महासचिव डा.भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव डा.भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

पौडेलले बुधबार राजीनामा स्वीकृत गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गौतमले गत मंसिर २४ गते राष्ट्रपतिलाई राजीनामा बुझाएपनि राष्ट्रपति कार्यालयले अध्ययनका लागि भन्दै होल्डमा राखेकोमा बुधबार भने स्वीकृत गरेको हो ।

यसैबीच सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्