रामपुर नगरपालिकाद्धारा पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई १ लाख रुपैयाँ सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई रामपुर नगरपालिकाले राहत उपलब्ध गराएको छ । पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका २४ वर्षीय चालक धनविर खड्काको परिवारलाई नगरपालिकाले राहत उपलब्ध गराएको हो ।

रामपुर नगरपालिका-१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका खड्काको परिवारलाई नगरपालिकाले राहत रकम उपलब्ध गराएको छ । नगरपालिकाले १ लाख रुपैयाँ सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिएका छन् ।

दाङको शान्तिनगर गाउँपालिका-१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई नगरपालिले सो रकम प्रदान गरेको हो । गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो ।

रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्