नेपाली सेनामा कर्मचारी माग, योग्यता पुगेका नागरिकले अनलाइनबाटै दरखास्त फारम भर्न सकिने !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले शुक्रबार एक सूचना जारी गर्दै हवाई सेवा, मेडिकल, प्राविधिकलगायत विविध पदमा १ सय २५ जना कर्मचारीका लगि दरखास्त आह्वान गरेको हो ।

सेनाले मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारीका लागि जागिर खुलाएको राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै जनाएको छ । उक्त पदहरूमा काम गर्न इच्छुक तथा योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिनुपर्ने सुचनामा उल्लेख गरेको छ ।

यस्तै, सेनाले आवेदन दिँदा पदअनुसार फरकफरक दरखास्त शुल्क तिर्नुपर्ने जानकारी गराएको छ । योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै दरखास्त फारम भर्न सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्