अवैध हतियार तथा लागुऔषधसहित २ जना पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लागुऔषसहित दुईजना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले (आज) शुक्रबार अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम नगरपालिका-९ बस्ने ४१ वर्षीय चिरञ्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका-२ बस्ने ३१ वर्षीय लेखबहादुर कार्की रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत मिलन केसीले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ पर्ने व्यक्तिहरुको साथबाट प्रहरीले केएफ-७.६५ लेखिएको पाँच राउण्ड गोली लोड भएको म्याग्जिनसहितको एउटा पेस्तोल, उक्त पेस्तोलमा लाग्ने खाली म्याग्जिन एक थान तथा लागुऔषध खैरौ हेरोइनजस्तो देखिने लेसिलो पदार्थ पाँच ग्रामसहित बरामद गरेको छ ।

यस्तै, भक्तपुर सुर्यविनायक नगरपालिका-१० नलिन्चोक एरियामा अवैध हतियार तथा लागुऔषधको ओसारपसार र कारोबार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् उक्त कार्यालयबाट खटिएको विशेष टोलीले निजहरूलाई पक्राउ गरेको हो । सूचना अधिकृतका अनुसार निजहरूलाई शुक्रबार लागुऔषध तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी बृत्त जगाति पठाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्