सोमबारको मौसम: तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपात

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । विभागका अनुसार (आज) सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

हिमपात तथा देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ । सोमबार सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्