सोमबार सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन (आज) सोमबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १७ हजार २ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ । चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ९ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ५ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२४७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्