एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गरेको हो ।

नवनियुक्त स्वतन्त्र सञ्चालक गौतम पुस १ गतेबाट प्रचलित कानून तथा नियमानुसार कम्पनीका अध्यक्ष सन्तोष कुमार राठीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरी पद बहाल गरेकी छिन् । करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्यानुभव रहेको उनले नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमासमेत कार्य गरेकी थिइन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले उच्चतम अनुभव प्राप्त व्यक्तिलाई सञ्चालक समितिले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुशी प्रकट गर्दै स्वागत गरेका छन् । नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्