मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा जग्गा अधिग्रहण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मर्स्याङ्दी जलविद्युत केन्द्रले जग्गा अधिग्रहण गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको हो ।

उनानसत्तरी मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाको बाँधले त्यस क्षेत्रका बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दिन सुरु गरेको हो । केन्द्रले नौ रोपनी दस आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरी मुआव्जा बितरण गर्न थालेको केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिएका छन् ।

त्यस्तै, मानवीय क्षति हुने उच्च जोखिम देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएकामा अहिले उनीहरुको माग पूरा भएको छ । उक्त स्थानका तेह्र जनाको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएअनुसार २१ करोड ७८ लाख ८५ हजार ९ सय ६७ रुपैयाँ प्रदान गर्नेछन् । जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार ६ सय ५२ रुपैयाँ र घरटहराका लागि ३ करोड ९० लाख ९९ हजार ३ सय १५ वितरण गर्ने केन्द्रले जनाएको छ ।

गत साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार यसअघि ८० प्रतिशत भन्दाबढी मुआब्जा वितरण गरिसकेको छ । प्रतिरोपनी १ करोड ८४ लाख ९२ हजार ६ सय ८० रुपैयाँका दरले जग्गाको मुआब्जा निर्धारण गरेको जिल्लाा प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्