नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घमा लामिछाने निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको सातौँ राष्ट्रिय अधिवेशन आइतबार सम्पन्न भएको छ । एघार सदस्यीय केन्द्रीय कार्यसमिति र १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घका तर्फबाट सभापतिमा प्राध्यापक डा.मुकुन्दप्रसाद लामिछाने निर्वाचित भएका छन् । त्यसैगरी, उपसभापतिमा विष्णुप्रसाद पन्थी, महासचिवमा डा.नारायणप्रसाद बराल, सचिवमा सुधीरकुमार शर्मा, कोषाध्यक्षमा लोमशकुमार लामिछाने तथा सदस्यमा दामोदर गौतम, मेघराज शर्मा, तेजप्रकाश पौडेल, कृष्णगोपाल अधिकारी, कैलाश झा र शेषनारायण मरासिनी चयन भएका हुन् ।

महाधिवेशन प्रतिनिधिमा प्राध्यापक डा.कृष्णकान्त पराजुली, प्राध्यापक डा.शान्तिकृष्ण अधिकारी, सहप्राध्यापक आनन्दमणि रिजाल, डा.विमला शर्मा, किशोरचन्द्र गौतम, डा.रमा झा, अर्जुनबाबु दाहाल, मोहनप्रसाद ओझा, विष्णुप्रभा उपाध्याय, प्राध्यापक सत्यराज सुवेदी, महेन्द्रप्रसाद यादव, बाबुराम आचार्य र टीकाराम न्यौपाने निर्वाचित भएका छन् । निर्वाचितमध्ये कोषाध्यक्ष, तीन सदस्य र पाँच केन्द्रीय महाधिवेशन प्रतिनिधि गरी नौ जना प्रगतिशील प्राध्यापक सङ्गठनकोतर्फबाट रहेको जनाएको छ ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनबाट केन्द्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिमा एक-एक जना निर्वाचित भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्