नेकपा एसको सचिवालय बैठक सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक काठमाडौँमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो ।

सोमबारको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिएका छन् । उनका अनुसार बैठक सोमबार र मंगलबार सञ्चालन हुनेछ ।

मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्