सरकार र नेकपाबीच भएको तीनबुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले ( आज) सोमबार वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन् ।

मोर्चाले जिल्ला अदालत काठमाडौँबाट केही दिनअघि नेकपाका महासचिव नेत्रबिक्रम चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मालगायत नेताविरुद्ध भएको पक्राउ पूर्जीका सम्बन्धमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र चन्द नेतृत्वको नेकपा आबद्ध छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्