मंगलबार नेप्से परिसूचक उच्च अङ्कले उकालो लाग्यो, सेयर बजारमा हरियाली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.९८ विन्दुले उकालो लागेर २१०६.४८ मा पुगेको हो ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०५ अङ्कले उकालो लागेर ३९७.६९ मा पुगेको छ । कूल १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता सेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ मा खरिद बिक्री भएको हो ।

नेप्सेका अनुसार कारोबारका आ धारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३७ करोड ४३ लाख ४८ हजार २ सय २ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको २८ करोड ७३ लाख २४ हजार ३ सय ३१ रुपैयाँ, सोनापुर मिनरल्सको १६ करोड ७१ लाख ४२ हजार ७ सय ५५ रुपैयाँ, हाथवे इन्भेस्टमेन्टको १४ करोड २९ लाख ३० हजार ५ सय ८८ रुपैयाँ र घोराही सिमेन्टको १३ करोड ३० लाख ८६ हजार ३ सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

मंगलबार विभिन्न कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो ७.२६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना ४.९०, प्रभु बैंकको ऋणपत्र ३.८३, सानिमा बैंकको ऋणपत्र ३.७८ र पिपल्स पावरको लगानीकर्ताले ३.१९ प्रतिशतले गुमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्