बुधबारको मौसम पूर्वानुमान: पश्चिमी वायुको आंशिक प्रभाव रहने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो ।

यस्तै, तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार (आज) बुधबार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । रातिको समयमा देशका केही भागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखले सबैलाई आग्रह गरेको छ । आज सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्