रकम ठगी गरेको आरोपमा मेनपावरका संचालक पक्राउ, थप अनुसन्धान तथा कारबाही हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रकम ठगी गरेको आरोपमा मेनपावरका संचालक पक्राउ परेका छन् । नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई मेनपावर सञ्चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिका-बस्ने उक्त मेनपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र जिल्ला काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१० काभ्रेकी ४० वर्षीया सोफी मल्ल रहेका छन् । काठमाडौँको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ मेनपावरका सञ्चालकसहित दुई जनालाई रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ताका अनुसार निजहरूले ओमबाबु साहलाई साउदी अरेबिया पठाइदिने भन्दै १ लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएपछि पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्