नेप्से परिसूचक ३५.३९ अङ्कले बढ्यो, लामो समयपछि ७ अर्ब बढीको कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा बुधबार पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.३९ अङ्कले उकालो लागेर २१४१.८७  मा पुगेको हो ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९३ अङ्कले उकालो लागेर ४०२.६३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको सेयर मूल्य भने वृद्धि भएको छ ।

कूल १ करोड ९९ लाख ६३ हजार ६ सय ४ कित्ता सेयर ७ अर्ब ९५ लाख ७५ हजार १ सय ७६ रुपैयाँ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार २ सय ६८ रुपैयाँ मूल्य बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, सोल्टी होटल २४ करोड ५३ लाख ७७ हजार ६ सय ४० रुपैयाँ, सोनापुर मिनरल्स २० करोड १५ लाख २४ हजार ३ सय ९१ रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावर १८ करोड १३ लाख २३ हजार ७ सय ६ रुपैयाँ र नेपाल पूर्वाधार बैंक १७ करोड ५४ लाख ८३ हजार ५ सय ९० रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आज विभिन्न १३ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, कुमारी धनवृद्धि योजना ३.८२, नेरुडे लघुवित्त ३.६५, माथिल्लो मैलुङ ३.६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ३.४५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.३९ प्रतिशतले गुमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्