रेड कर्नर नोटिस जारी भई फरार रहेका ४ जना विदेशबाट पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रेड कर्नर नोटिस जारी भई फरार रहेका ४ जना विदेशबाट पक्राउ परेका छन् । नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका ४ जनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याएको छ । प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईबाट तीन तथा कुवेतबाट १ जनालाई नेपाल ल्याएको हो ।

यस्तै, विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठानको सरुमारानी गाउँपालिका-१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधबार नेपाल ल्याएको हो । यसअघि स्याङ्जाको वालिङ नगरपालिका-११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-८ का ३१ वर्षीय उमेश लामा र सर्लाहीको जानकीनगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको प्रहरी नायब महानिरीक्षक कडायतले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्