नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक काठमाडौँमा जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक अहिले भइरहेको छ । काठमाडौँमा सुरू भएको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदसहित परराष्ट्र सचिव सेवा लम्साल र सरकारका उच्च प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

श्रीलंकाका तर्फबाट परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू बैठकमा सहभागी भएका छन् । बैठकमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, संस्कृति, पर्यटन र शिक्षा क्षेत्रमा सहयोग आदानप्रदान, बहुपक्षीय फोरमहरूमा सहकार्य गर्नेलगायत विषयमा छलफल हुने भएको छ ।

यसअघि श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका थिए । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री बुधबार नेपाल आएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्