शुक्रबारको मौसम: नेपालमा पश्चिमी वायुको प्रभाव, चिसोबाट जाेगिन मौसम विभागको अनुरोध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । विभागले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको हो ।

शुक्रबार दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ । आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भागको मौसम सफा रहने छ ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्