जागिर खाने हो ? नेपाल राष्ट्र बैंकमा कर्मचारी माग, पुस २६ गतेसम्म आवेदन दिन सकिने..(सुचनासहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्म गरेर कुल ६७ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखा परीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जनाका लागि दरखास्त आह्वान गरेको छ । साथै, सहायक द्वितीय श्रेणी अन्तरगत कानूनतर्फ ४ जना र सूचना प्रविधितर्फ ११ जना कर्मचारी माग माग गरेको  हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुस २६ गतेसम्म आवेदन दिन पाउने छन् । साथै, दोब्बर दस्तुर तिरेर आगामी माघ ४ गतेसम्म आवेदन दिन सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्