८ सय रुपैयाँले बढ्यो शुक्रबार सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको छैठौँ दिन (आज) शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ सय रुपैयाँले बढेर १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख २ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २ हजार २ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२ सय ७३ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्