महानगरपालिकाद्धारा अनावश्यक ड्रेस किन्न बाध्य पार्ने विद्यालयलाई कारवाही गर्ने चेतावनी..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारवाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाले विद्यालयहरुले अनावश्यक रुपमा विद्यार्थीलाई विभिन्न पोशाक किन्न लगाएमा त्यस्ता विद्यालयहरुलाई कारवाही गर्ने चेतावनी दिएको हो ।

केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएको महानगरले जनाएको छ । अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिरहेको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिएका छन् ।

महानगरपालिकाले सार्वजनिक सूचना  जारी गर्दै नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको पाइएमा महागनरपालिकाको शिक्षा ऐन, २०७५ बमोजिम कारबाही गर्ने जनाएको छ । साथै, त्यस्तो गरेको थाहा पाए महानगरपालिकालाई जानकारी गराउनसमेत महानगरले सुचित गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्