आइतबार सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज सय रुपैयाँले बढेर १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख २ हजार ७ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २ हजार ३ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२६४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्