गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गुप्तेश्वर गुफाको आम्दानी ५ करोड भन्दा बढी भएको छ । पोखरा-१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा ५ करोड ४२ लाख ३८ हजार ५ सय ८३ आम्दानी भएको हो ।

गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक साधारणसभामा दिएको जानकारी अनुसार टिकट बिक्रीबाट ४ करोड २८ लाख ५८ हजार ४ सय ८०, दान पात्रबाट २७ लाख ४६ हजार ९ र सहयोग रसिदबाट ५१ लाख २७ हजार ७ सय ५१, बैंक ब्याजबाट १८ लाख ३५ हजार ६ सय २७, सटरकबल ८ लाख ६८ हजार, कामधेनु गाईले ४ लाख ६२ हजार ८ सय ६०, सदस्यता रसिद ४६ हजार र अन्य ३ लाख २३ हजार ७ सय ६१ रुपैयाँ आम्दानी गरेको हो ।

यस्तै, उच्च अदातल पोखराका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले शनिबार साधारणसभाको उद्घाटन गर्दै प्रमाणका आधारमा छिटोछरितो न्याय सम्पादनमा अदालत क्रियाशील रहेको बताएका छन् । धार्मिक क्षेत्रको आम्दानी शिक्षा, स्वास्थ्य र समाजको विकाससँगै आयमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

पोखरा महानगरपालिका-१७ का वडाध्यक्ष राधिका शाही योगीले प्राकृतिक स्रोतको आम्दानीबाट विपन्न वर्गलाई सघाउन सुझाव दिएकी छिन् । साधारणसभामा गुफाको संरक्षणमा सहयोग गरेबापत गण्डकी प्रदेशसभा सचिव हरिराम पोख्रेल, धनुषा जिल्ला न्यायाधीश योगनाथ ढकाललाई सम्मान गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्