क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा  सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौँमा पेशी तोकिएको छ । जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो ।

यस्तै, गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । बहस नोट पेश भइसकेपछि मुद्दा सुनुवाइका लागि फेरि पेशी तोकिएको हो । बन्द इजलासमा सुनुवाइ गर्ने जिल्ला अदालतले यसपाली अन्तिम सुनुवाइ गर्ने अपेक्षा गरेको छ ।

करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्