माघेसङ्क्रान्तिको लागि चाकु बनाउँदै, उल्लेख्य मात्रामा चाकुको माग…(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । माघेसङ्क्रान्तिमा खाइने प्रमुख परिकार मध्ये चाकु एक हो । माघेसङ्क्रान्तिमा चाकु खाने गरिन्छ । सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ ।

काठमाडौँ उपत्यकामा विशेष गरी नेवार समुदायले मौलिक र परम्परागत ढङ्गले चाकु बनाउने गर्छन् । माघेसङ्क्रान्तिको तयारीसँगै जाडोमा शरीर तताउनसमेत निकै उपयोगी मानिएको चाकुले यति बेला सबैलाई लोभ्याउने गरेको छ ।

काठमाडौँको टोखा, असन, इन्द्रचोक, भक्तपुरका विभिन्न स्थान र ललितपुरको पाटनलगायत क्षेत्रका बासिन्दाले चाकु बनाउँदै आएका छन् । माघे संक्रान्तिमा चाकुको माग उल्लेख्य मात्रामा हुने गर्छ । अन्य महिनामा चाकुको व्यापार खासै नहुने गरे पनि पुस महिनाको अन्त्यतिर भने काठमाडौँ उपत्यका मात्र नभइ देशका विभिन्न जिल्लाबाट पनि चाकुको माग आउने गर्छ ।

माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु बनाउँदै गरेका छन् । बाँकि फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्