प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनीले कर्णालीलाई दियो १ सय ३४ रनको चुनौती

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि १ सय ३४ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ३३ रनको योगफल बनाएको हो ।

लुम्बिनीका लागि सरस्वती गङ्गा मगरले सर्वाधिक ५३ रनको योगदान दिइन् । उनले ६२ बल खेल्दै सात चौकाको मद्दतमा ५३ रनको योगदान दिएकी हुन । त्यस्तै, अस्मा पुलामी मगरले २५ रन जोडिन् । उनले २५ बल खेल्दै तीन चौकाको मद्दतमा २५ रन जोडेकी हुन् ।

त्यसैगरी चमेली चौधरीले २२ बलमा दुई चौकाको सहायताले १८ रन बनाइन् । लक्ष्मी चौधरीले चार रन बनाइन् भने सरस्वती पुन र सुस्मिता बजगाइँले समान तीन-तीन रन बनाएकी छिन् । बलिङतर्फ कर्णालीका यमुना थारु, रस्मी खड्का र त्रिसना विश्वकर्माले समान एक-एक विकेट लिएका छन् ।

कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्