कारको ठक्करबाट दुई युवकको मृत्यु, कार चालक फरार, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पोखरामा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-५ पर्स्याङस्थित सिद्धार्थ बैंक अगाडि सोमबार राति बा१३च ३७२१ नम्बरको कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बागलुङको ढोरपाटन नगरपालिका-६ घर भइ हाल पोखरा-३ नदीपुर बस्दै आएका २० वर्षीय ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले घाइते दुवैलाई उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगेका थिए ।

यस्तै, दुर्घटनामा परेका उक्त व्यक्तिहरुको उपचारको क्रममा राति नै मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिएका छन् । मृतकको शव अस्पतालमै रहेको छ ।

यात्रुलाई ठक्कर दिएपछि कार चालक कार छोडेर फरार रहेका छन् । कार भने प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्