जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा सुरु भएको हो ।

पार्टीको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न बैठक सुरु भएको हो । यसैगरी आज मंगलबारको बैठकमा यही पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यको जिम्मेवारी बाँडफाँडलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले जानकारी दिएका छन् ।

जसपाले आफ्ना सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गर्न पार्टीको कार्यकारिणी सदस्य एवं संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्