कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ, १ करोड ५ लाख रुपैयाँ घूस लिएको आरोप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कुश्माका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । पराजुलीलाई प्रहरीले १ करोड ५ लाख रुपैयाँ घूस लिएको आरोपमा  कार्यालयबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो उनलाई कार्यालयबाटै पक्राउ गरेको हो । उनी कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो ।

कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्