बिहीबारको मौसम: देशभर चिसो बढ्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राती देशका केही भू-भागमा मौसम बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, महाशाखाले दिउँसोको समयमा घाम लागे पनि बिहान र बेलुकाको समयमा जाडो बढ्ने उल्लेख गरेको छ । देशभर चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

आज सूर्यास्त ५ बजेर १७ मिनेटमा हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्