सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस हुँदै, बिहीबार फैसला आउने सम्भावना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बिहीबार पनि बहस हुँदैछ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी बहस बुधबार नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

बुधबारको बहसमा जाहेरवाला र सरकारी वकिलहरूको बहस सकिएपछि सन्दीप पक्षका वकिलहरूको बहस सुरु भएको छ । सन्दीपका पक्षका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि अन्तिम फैसला आउने छ । बिहीबार वा शुक्रबारसम्ममा उक्त मुद्दाले अन्तिम किनारा पाउने सम्भावना छ ।

सो मुद्दामा सन्दीपल दोषी ठहर भए १० देखि १२ वर्षको जेल सजाय पाउने छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्