नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक (आज) बिहीबार हुने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे हुने भएको हो ।

बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरूले आफूले गरेको कार्यसम्पादनको बारेमा केन्द्रीय समितिलाई अवगत गराउने कार्यसूची रहेको कांग्रेस सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् । बैठकमा आगामी पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने सम्बन्धमा, महासमिति बैठकको तयारीलगायतका विषयमा छलफल हुनेछ ।

राष्ट्रियसभा निर्वाचनमा आवश्यक मापदण्ड र पार्टीले यसअघि नै सुरु गरेको समुदायमा कांग्रेस अभियानका सम्बन्धमासमेत छलफल हुने विश्वकर्माले बताएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्