अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर लिलामीमा बिक्री खुल्ला हुने !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर लिलामीमा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले बिहीबारदेखि १ करोड ७० लाख कित्ता हकप्रद सेयर लिलामीमा बिक्रीमा खुल्ला गर्ने भएको हो ।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ५९ लाख रुपैयाँ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको हो ।

कम्पनीको सो सेयरमा इच्छुक व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले पुस २९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्