प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौतीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । सिंहदरबारमा (आज) बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । उक्त दरबन्दीमा रहेकालाई कामकाजका लागि अन्य निकायमा पठाउने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयबाटै पुनर्संरचनाबाट सुरु भने अनुरूपको निर्णय गरिएको उनले बताएकी छिन् । बैठकले आर्थिक वर्ष २०८०-८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताएकी छिन् ।

मन्त्रिपरिषद् बैठकले सिटिइभिटीको रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्