पार्टीको झन्डा ओढाएर प्रचण्डले गरे शेर्पालीको अन्तिम बिदाइ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वाइसीएलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीको शुक्रबार अन्तिम बिदाइ गरिएको छ । शेर्पालीको पार्थिव शरीरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । फोक्सोसम्बन्धी क्यान्सरबाट पीडित रहेका शेर्पालीको बिहीबार उपचारको क्रममा मनमोहन मेमोरियल मेडिकल शिक्षण अस्पतालमा निधन भएको थियो ।

अध्यक्ष सुबोध शेर्पालीको बुवाको ६७ वर्षको उमेरमा निधन भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्