एमाले दृष्टिकोण भएको पार्टी हो: अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बताएका छन् । नेकपा एमाले चितवनले कालिका नगरपालिकामा (आज) शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेले काम गरेर देखाएको र स्पष्ट दृष्टिकोण भएको पार्टी भएको जानकारी दिएका छन् । उनले एमालेले सरकारको नेतृत्व गरेको समयमा मदनभण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्ग चौडा गर्न सुरु गरेको, रेलमार्ग सुरु गरी जनकपुरसम्म रेल पुर्याएको उल्लेख गरेका छन् । उनले भने, ‘एमाले सरकारमा छँदा जनतामा बेग्लै खालको उर्जा सञ्चार भएको थियो । विकासको लहर ल्याउने प्रयत्न गरेका थियौँ ।’

एमाले नेपाली जनताको पार्टी भएको भन्दै उनले भने, ‘हाम्रो अभियान नेपालमा परिवर्तन ल्याउन र देशलाई समृद्ध बनाउनका लागि हो । जनतालाई सुखी बनाउन र जनताका समस्या समाधान गर्न हामी आन्दोलनका लागि तयार छौँ ।’ उनले आत्मविश्वासका साथ अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा नयाँ र पुराना भनेर भेदभाव नगर्न पनि उनको सुझाव छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्