अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ, थप अनुसन्धान तथा कारबाही हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौँ सामाखुसी बस्ने ४६ वर्षीय पार्वती थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले हेमराज रेग्मीलाई वैदेशिक रोजगारीको लागि अमेरिका जान ३० लाख रुपैयाँ लाग्छ भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक ३ लाख ५० हजार रुपैयाँभन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १४ लाख ९० हजार रुपैयाँ ठगी गरेकी हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार सामाखुसीबाट थापालाई पक्राउ गरेका हुन् । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्