दाङमा बस दुर्घटना हुँदा २० जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । दाङमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बर्दियाबाट पिकनिकका लागि हिँडेको भे१ख २०४१ नम्बरको बस आइतबार बिहान तुलसीपुर-अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँमा दुर्घटना भएको हो ।

बर्दियाको बढैया ताल गाउँपालिका-६ मैना पोखरमा रहेको पिपरहवा कृषक समूह दाङ चखौरामा पिकनिकका लागि गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउ वनको उकालोमा दुर्घटना हुँदा करिब २० जना भन्दा बढी घाइते भएका छन् ।

सो घटनामा घाइते भएकाहरूलाई उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको छ । उक्त बसमा सवार यात्रुहरुको संख्या भने अझै खुल्न नसकेको नायब उपरीक्षक पोख्रेलले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्