मधेशबाट राष्ट्रिय सभा सदस्य उम्मेदवारमा कांग्रेसका फरमुल्लाह र आनन्द ढुङ्गाना सिफारिस

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसको मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ । मधेश प्रदेश समितिले वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिकको आधारमा नाम सिफारिस गरेको हो ।

मधेशका कांग्रेस प्रचार विभाग प्रमुख नितेशकुुमार गुप्ताका अनुसार प्राथमिकताक्रम निर्धारण गरेर सात नेताको नाम पठाएको हो । वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा आनन्दप्रसाद ढुंगानालाई राखिएको छ । केन्द्रीय सदस्य ढुङ्गा अनुशासन समितिका संयोजकसमेत हुन् । समानुपातिकतर्फको बन्द सूचीमा रहेका ढुङ्गानाको नाम सूचीबाट फिर्ता गरिएको थियो ।

यस्तै, सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई प्राथमिकताक्रममा दोस्रो स्थानमा नाम राखेर पठाएको छ । गत निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका मन्सुर सांसद हुन सकेनन् । मधेस प्रदेशले प्राथमिकताक्रम सहित पठाएका अन्य नाममा नागेन्द्रकुमार सर्लाही, राधेचन्द्र यादव वारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव रौतहट लगायत छन् ।

८ जिल्लाबाट आएका सबै सिफारिसलाई केन्द्रमा पठाइएको प्रचार प्रमुख गुप्ताले जनाएका छन् ।  माघ ११गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सबै प्रदेशबाट नाम संकलन गरेको छ । हालसम्म २७ जना केन्द्रीय सदस्यको नाम सिफारिस भएको छ । राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ जना सांसदका लागि उम्मेदवारी दर्ता पुस २३गतेलाई तोकिएको छ ।

राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको पद रिक्त हुने भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्