नेपाली ढाका टोपी दिवस: नेपालीको शान, मान र पहिचान…(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालको पहिचान बोकेको नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्धेश्यले हरेक वर्ष जनवरी १ का दिन नेपाली टोपी दिवस मनाइदै आएको छ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वत:स्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषत:भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर, विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

यस दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ । नेपालीहरुले देशभर टोपी दिवस मनाईरहेका छन् । बाँकि फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्