शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छ: प्रधानमन्त्री दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् । कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) समारोहलाई (आज) मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले शिक्षा क्षेत्रको सुधारका लागि सरकार लागिपरेको जानकारी दिएका छन् । उनले भने, ‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रम विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्छन् ।’ शिक्षालगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको उनको भनाइ छ ।

पछिल्लो समय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन । यसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन भनेर नकारात्मक भाष्यको विकास हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव बौद्धिक जनशक्तिको पलायनका रुपमा अभिव्यक्त भइरहेको जनाउँदै प्रधानमन्त्रीले त्यस्तो भाष्यलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

रोजगारीका अवसर प्राप्त गरेका नै विदेश पलायन हुनु चिन्ताको विषय भएको प्रधानमन्त्रीको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्