खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्छ: राष्ट्रपति पौडेल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले खेलकुदको माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वासका साथै अन्तरनिहित प्रतिभाको विकास गर्न सक्ने भएकाले यस क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका छन् । खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ बनाउने र सामाजिक परिवेशमा भिज्न योगदान पुराउने उनले जानकारी दिएका छन् ।

उनले शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको पनि धारणा राखे । शिक्षण सिकाइका रुपमा खेलकुदलाई सबै विद्यालयमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले विद्यार्थीहरूको आत्मबल बलियो बनाउनका लागि पनि विद्यालय खेलकुद महत्वपूर्ण हुने बताएका छन् ।

उनले आगामी दिनमा प्रतियोगितामा विद्यार्थीहरूको संख्या बढाउदै लैजाने उल्लेख गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्