वरिष्ठ पत्रकार पोखरेलको अन्त्येष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समितिका पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा अनुप पोखरेलले स्वर्गीय पत्रकार पोखरेलको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् ।

दिवङ्गत पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी छन् । पोखरेलको ८७ वर्षका उमेरमा सोमबार त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा सोमबार निधन भएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपिआई)का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष रहेका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका)का संस्थापक प्रधानसम्पादक पनि थिए ।

गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए । पत्रकारितामा स्नातकोत्तर र अङ्ग्रेजी साहित्यमा पनि दखल राख्ने पोखरेलले अस्पतालको शय्याबाटै काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण वृद्धि हुँदा चिन्ता व्यक्त गर्दै यसका लागि जनचेतना जगाउन जोड दिएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्